काठमाडौं–मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस भएपछि सत्तारुढ दल नेकपाकै सांसदहरु समेत अन्योलमा परेका छन्।
एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्योलमा परेका केही सांसद सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पुगेका छन्।
सञ्चारकर्मीसँग औपचारिक कुराकानी नगरेका उनीहरु आपसमा भने विकसित घटनाक्रमका विषयमा कुराकानी गरिरहेका थिए। त्यहाँ उपस्थित भएका केही सांसदले संसद विघटनको सिफारिसलाई गलत भनेका छन् भने केहीले प्रधानमन्त्री ओलीको बाध्यता बताइरहेका छन्।
संसदीय दलको कार्यालयमा सांसद सोमप्रसाद पाण्डे, आशा विक, गणेश ठगुन्ना, लालबहादुर थापा, भैरवबहादुर सिंह, भगवती न्यौपाने लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।