काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली फर्किएलगत्तै खुमलटार पुगेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ। उनी खुमलटारबाट निस्किसकेको स्रोतले जनाएको छ।
प्रचण्ड र नेपालबीच ओलीसँग भएको वार्ताका विषयमा कुराकानी भइरहेको बताइएको छ।
पार्टी विवाद बढदै जाँदा प्रचण्डलाई भेट्न अध्यक्ष ओली आज बिहानै खुमलटार पुगेका थिए। प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्डनिवास पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।