काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भएको छलफल सकिएको छ। छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।
पार्टी विवाद उत्कर्षमा पुगेपछि ओली गौतमलाई लिएर खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी निकै अप्ठेरोमा परेपछि ओली प्रधानमन्त्री भएपछि पहिलोपटक खुमलटार पुगेका हुन्। यसअघि बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। प्रचण्डलाई फकाउन गौतम सजिलो हुने भएकाले ओलीले खुमलटार लिएर गएका हुन्।
यसअघि संवैधानिक परिषद नियुक्तिसम्बन्धी अध्यादेश ओलीले फिर्ता गर्ने भनिए पनि नगरेपछि थप समस्या भएको हो। गत पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए। तर यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता नलिएपछि पार्टीमा आशंका बढाएको छ। प्रचण्डले अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठकअघि ओलीलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।