काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग लोकतन्त्रको चिन्ता व्यक्त गरेको बताएका छन्। उनले प्रचण्ड र नेपालसँग शुक्रबार भेटेका थिए।
शुक्रबारको भेटबारे दुवै पक्षले खुलाउन चाहेका थिएनन्। शुक्रबार फोन सम्पर्कमा नआएका पौडेलले नेपाल लाईभसँग शनिबार बिहान भने, ‘अरु कुरा केही पनि होइन। लोकतन्त्रलाई कसरी संरक्षित राख्ने चिन्ता गरेको हुँ। परिवर्तन गुम्ने खतराको चिन्ता हो।’
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि पौडेल सत्तारुढ दलका नेता भेट्न गएका थिए। प्रचण्ड र माधव समूहको प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको भेला सकिएपछि पौडेलले भेट गरेका हुन्।
सभापति शेरबहादुर देउवाप्रति प्रचण्ड र नेपालले राखेको आशंकाबारे आएको समाचारको उनले खण्डन गरे। ‘सभापतिको भूमिकाको कुनै आशंका गरिएको होइन। मनगढन्ते समाचार आए,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।