काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशनको माग गर्न पार्टीको सिट संख्या नपुगेको बताएका छन्।
कांग्रेसको सांसद सङ्ख्याले अपुग भएपछि अन्य दलसँग पनि कुराकानी भएपनि सार्थकता नपाएको बताएका छन्। नियमित अधिवेशनको लागि समय आइसकेकोले संसद् अधिवेशन बोलाउन उनले सरकारसँग ट्विटमार्फत् आग्रह गरेका छन्।
संसद्को हिउँदे अधिवेशन पुस १८ भित्र सरकारले बोलाई सक्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।