कास्की- गण्डकी प्रदेश सासद दीपक मनाङेकी श्रीमतीलाई ५० हजार धराैटीमा रिहा भएकी छन्। चाेरीकाे अभियाेगमा पक्राउ परेकी उनलाई शुक्रबार जिल्ला अदालत कास्कीले धराैटीमा रिहा गर्न आदेश जारी गरेको हो।
न्यायाधीश श्रीकृष्ण भट्टराईकाे इजलासले उनीसँग धराैटी माग गरेकाे हाे। मनाङले आफूहरू भाडामा बसेकाे घरमा चाेरी गरेकाे जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेकाे थियाे।
मंसीर १० गते चोरीको मुद्दामा मकवानपुरबाट उनी पक्राउ परेकी थिइन्। ३५ वर्षीया दिछेन डोल्मा लामालनई आफू भाडामा बसेकाे घरमा चाेरी गरेकाे आराेप लागेकाे थियाे। मनाङे आफैँले श्रीमतीलाई पक्राउ गर्न लगाएकाे बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।