• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गुटभेलामा प्रचण्ड, नेपाल र खनालको एकै स्वर : गलत प्रवृत्तिविरुद्ध डटेर लाग्नुस्

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३, २०७७  १८:४७
1140x725

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आफ्ना गुटका नेताहरूलाई सम्बोधन गर्दै गलत प्रवृत्तिविरुद्ध डटेर लाग्न निर्देशन दिएका छन्। प्रदेश १ का पार्टी जिल्ला अध्यक्ष र सचिवसहित उपलब्ध केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै तीनै नेताले पार्टीलाई विधिपद्धतिमा ल्याउन नदिने प्रवृत्तिविरुद्ध लड्न निर्देशन दिएका हुन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको गुटको भेलालाई प्रचण्ड, खनाल र नेपालले मात्रै सम्बोधन गरेका थिए। प्रदेशबाट आएका उपलब्ध केन्द्रीय सदस्य सहित जिल्ला पार्टी अध्यक्ष र सचिवले शीर्ष नेताले राखेको धारणा सुनेर मात्रै बसेका थिए। तीनै जना नेताले पार्टीमा भइरहेको विकसित घटनाक्रमका विषयमा विस्तृतमा व्याख्या गरेका थिए।

पार्टीमा विधिपद्धति समाएर विचार विचलनविरुद्ध निर्मतापूर्वक लाग्नुपर्ने नेताहरूको ठहर छ। यसअघि प्रचण्ड नेपाल पक्षका विद्यार्थी संगठनले प्रदेश १ को झापामा गुटको भेला गरेका थिए। उनीहरुले गर्नुअघि ओली निकट विद्यार्थी संगठनले विराटनगरमा प्रदेशस्तरको भेला गरेका थिए।

प्रदेश एकमा पार्टी गुटको भेलाले निरन्तरता पाइरहेको छ। यसै निरन्तरता स्वरुप शुक्रबार प्रचण्ड नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिवलाई बोलाएर पेरिसडाँडामा भेला गरेका हुन्।   

भेलामा सहभागी पार्टी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र एकताबद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए। 'हामीले गलत प्रवृत्तिका विरुद्ध कसरी संगठित हुने? गलत प्रवृत्तिका विरुद्ध कसरी संगठित भएर प्रतिवाद गर्ने विषयमा छलफल गर्‍यौ,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीले अध्यादेश ल्याएर ठूलो समस्या पैदा गर्नुभएको छ। यदि उनले फिर्ता गर्नु भएन भने थप एक कदम अगाडि बढ्ने भन्ने छ।’

Ncell 2
Ncell 2

तर ओलीले अध्यादेश फिर्ता नगरे कस्तो कदम चल्ने भन्ने विषयमा खतिवडाले खुलाएनन्। पार्टीका विखण्डनवादी, एकताधिकारवादी र सर्वसत्तावादीविरुद्ध एक जुट भई कसरी संघर्ष  गर्ने विषयमा छलफल भएको खतिवडाले दाबी गरे।

प्रचण्डले पार्टी विधि पद्धति र वैचारिक पाटोको विषयमा व्याख्या गरेको उनले बताए। ‘हामीले केवल पदको लालसाले गरिएको हो भनेर आरोप लगाइएको छ। दुई वटा लिखत प्रतिवेदन अध्ययन गर्नुस् तपाईहरुले तुलना गर्नुस्,’ प्रचण्डको भनाई उद्धृत गर्दै खतिवडाले भने, ‘सत्य के हो तपाईंहरू आफै ठम्याउनुस् भनेर हामीलाई ठम्याउने मौका दिनुभएको छ।’ 

बैठकमा प्रचण्ड नेपाल पक्षले नेताहरूले प्रचण्डको प्रतिवेदन ठिक भएको ठहर गर्दै दुबै प्रतिवेदन पार्टी कमिटीमा छलफल गर्नुपर्ने माग गरेका छन्। ‘पार्टीमा गम्भीर वैचारिक विचलन भयो। जसले गर्दा समस्याहरु झन् बढ्दै गयो। जब समस्याहरु पैदा हुँदै जान्छन्। त्यसपछि कम्युनिस्ट पार्टी समाप्त हुँदै जान्छन्,’ प्रचण्डको भनाई उधृढ गर्दै अर्का केन्द्रीय सदस्य सुदन किराँतीले भने, ‘पार्टी एकतालाई अक्षुण्ण राख्दै। विचलन भएको विचार विधि र प्रवृत्तिविरुद्ध एक हुनुस्।’

पार्टी अध्यक्ष केपी ओलीले विधि पद्धतिको पालना नगर्दा समस्या बढ्दै गएको खनाल र नेपालको भनाइ थियो। पार्टी एकतालाई बचाउँदै विचलनका विरुद्धमा निरन्तर सघर्ष गर्नु पर्ने नेताहरु बताएका छन्। वैचारिक विचलन हुँदा विचार, प्रणाली, संगठन र व्यवहारमा गाँठो पर्दै गएको उनीहरूको ठहर छ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्