काठमाडौँ- नेकपा वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन्। नेकपा अध्यक्ष ओली इतरका नेताहरूले प्रदेश एकको भेलालाई सम्बोधन गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका खनालले अध्यादेश फिर्ता गर्नुपर्ने बताएका हुन्।
शुक्रबार पेरिसडाँडामा प्रदेश एकका पार्टी अध्यक्ष र सचिवलाई अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश सिफारिस भएपछि राष्ट्रपतिले जारी गरेकी थिइन्।
पुस १ गतेको स्थायी कमिटी बैठकमा ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए। तर, पुस २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता गर्ने प्रक्रियामा अघि नबढेपछि थप आशंका बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।