काठमाडौं- सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस–२ घर भई ललितपुर साविक सैँबु गाविस–४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई प्रहरीले पक्राउ गरेको हो। फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेस गरिएको ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।