काठमाडौं– आफूसँग नग्न फोटो भएको र ७० लाख रुपैयाँ नदिए सार्वजनिक गर्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरोले ब्याल्याकमेलिङ गर्ने मोरङको विराटनगर–३ घर भई काठमाडौं गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई बिहीबार पक्राउ गरेको हो।
रेग्मीले फेक इमेल आइड बनाएर एक परिचित महिलालाई ब्ल्याकमेलिङ गरेका थिए। ती महिलाको अर्धनग्न र नग्न तस्बिर आफूसँग भएको ७० भन्दै ७० लाख रुपैयाँ मागेका थिए। ७० लाख रुपैयाँ नदिए ती तस्बीरहरु सार्वजनिक गर्ने भन्दै उनले धम्की दिएका थिए।
पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएकोे ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।
त्यसैगरी नक्कली फेसबुक आइडी बनाएर आफ्नै नाता पर्ने एक महिलालाई अश्लिल म्यासेज र फोटा पठाउने एक व्यक्तिलाई पनि ब्यूरोले पक्राउ गरेको छ।
यौनअश्लिलतायुक्त सन्देश र फोटा पठाउने चितवनको माडी नगरपालिका–६ कल्याणपुरका ३५ वर्षीय थमबहादुर विश्वकर्मालाई ब्यूरोले चितवन प्रहरीको सहयोगमा चितवनबाट पक्राउ गरेको हो। उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।