काठमाडौं- उद्योग तथा वाणिज्य आपुर्तिमन्त्री लेखराज भट्ट उखु किसानहरुको आन्दोलनलाई सम्बोधन गर्न शुक्रबार माइतीघरमण्डला पुगेका छन्। केही दिनदेखि पैसा पाउनुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरुको माग सुनुवाई गर्न मन्त्री पुगेका हुन्।
किसानहरुले उखु बिक्री गरेको पैसा नपाएको, सरकारले दिएको अनुदान उद्योगले खाएको र २०७१ सालदेखिको बक्यौता नउठेको भन्दै दोस्रो पटक माइतघर मण्डलामा धर्ना दिन आएका थिए। मन्त्रीसँगै प्रमुख प्रतिपक्ष दलका नेता रामचन्द्र पौडेल पनि माइतघर मण्डला पुगेर किसानहरुको समर्थन गरेका छन्।
उनले उद्योगमन्त्री भट्टलाई किसानको रकम तत्काल पाउने व्यवस्था गर्न आग्रह गरेका थिए। किसानहरुले यो पटक पैसा नपाएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन्। सरकारले किसानहरुसँग पैसा उठाउनका लागि चिनी उद्योगीहरुलाई पक्राउ पुर्जी समेत जारी गरेको छ। किसानलाई भेट्न पुगेका उद्योगमन्त्री भट्टले पैसा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि गत वर्ष पनि उनीहरुले आन्दोलन गर्दा मन्त्री भट्टले यस्तै वाचा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।