मार्तडी- जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ। विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए।
आफ्नै लापरबाहीका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।