काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरैले आवेदन दिएका छन्। कम्पनीले सोमबारदेखि बिहीबारसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा १० लाख ४४ हजार ५०० जनाले आवेदन दिएका हुन्। उक्त आवेदकहरुबाट २ करोड ७७ लाख कित्ताको लागि आवेदन परेको छ।
प्राथमिक सेयरमा आवेदन दिन आस्वा प्रणालीको विकास भए सँगै पछिल्लो समय प्राथमिक बजारका लगानीकर्ता बढिरहेका छन्।
अनलाइन प्रणालीबाट आवेदन दिन मिल्ने भएकाले यति धेरैको आवेदन परेको हो। कम्पनीले सर्वसाधारणका लागि ५४ करोड रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो। सर्वसाधारण समुहको ६० करोड रुपैयाँ मध्ये ७ करोड रुपैयाँ कर्मचारी र सामुहिक लगानीकोषका लागि छुट्टाइएको छ।
आवेदन दिने मध्ये ५ लाख ५३ हजारले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्छन्। त्यसैले आवेदन दिने मध्ये ५ लाख ४ हजार ५०० जनाको हात खालि हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।