• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खोप कोष : कोभिड भ्याक्सिन खरिदका लागि निजी क्षेत्रको सहयोग करमा गणना गर्न पाउने

सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइयो प्रस्ताव
64x64
नेपाल लाइभ शुक्रबार, पुस ३, २०७७  ०७:००
1140x725

काठमाडौं- कोभिड-१९ प्रतिरोधात्मक भ्याक्सिन खरिदका लागि स्रोत व्यवस्थापन गर्न सरकारले खोप कोषलाई बलियो बनाउने भएको छ। भ्याक्सिन खरिद, ढुवानी र नेपालमा व्यवस्थापन तथा वितरणको प्रबन्ध मिलाउन पर्याप्त स्रोत व्यवस्थापनका लागि कोषको आकार बढाउने तयारी गरिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ऐन २०७२ को व्यवस्था एवं केही दिनअघिको मन्त्रिपरिषदको बैठकले खोप कोष ब्युँताउने सम्बन्धमा गरेको निर्णयअनुसार कोषको आकार बढाउन सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ। कोषमा अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ/संस्थाबाट रकम लिनुअघि अर्थको सहमति आवश्यक पर्ने व्यवस्था ऐनमा छ। स्वास्थ्यले पठाएको प्रस्तावमा अहिलेसम्म अर्थले सहमति भने दिइसकेको छैन। 

कोषमा अहिले १८ करोड रूपैयाँ छ। प्राकृतिक प्रकोप वा महामारीका कारण तत्काल खोप खरिद गर्न आवश्यक भएमा त्यस्तो खोप खरिद गरी खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्थाबाहेकको परिस्थितिमा कोषमा न्यूनतम १० करोड रूपैयाँ राख्नुपर्ने व्यवस्था खोप ऐनमा छ। 

'कोभिडको भ्याक्सिन खरिदका लागि यति नै रकम आवश्यक पर्छ भन्ने यकिन छैन, तर स्रोतको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने भएकाले कोषलाई बलियो बनाउने तयारी गरेका हौँ,' स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, 'सरकार, निजी क्षेत्र र दातृ निकायबाट प्राप्त हुने रकम कोषमा राख्ने र त्यसैबाट भ्याक्सिन खरिदका लागि खर्च गर्ने तयारी छ।' 

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक अनुमानमा नेपालमा कोभिड भ्याक्सिन खरिद, व्यवस्थापन, भण्डारण लगायतका कार्य गर्न ४८ अर्ब रुपैयाँ लाग्ने छ। त्यसकै लागि स्रोत व्यवस्थापन गर्न कोष प्रभावकारी बनाउन खोजिएको हो। 

स्वास्थ्य मन्त्रालयले अर्थमा पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले निश्चित रकम कोषमा राखेर सुरुवात गर्ने र निजी क्षेत्र र दातृ निकायलाई आव्हान गर्ने उल्लेख छ। त्यसैगरी निजी क्षेत्रले कोषमा योगदान गरे त्यसलाई आय करमा खर्च गणना गर्न दिने उल्लेख छ। अर्थ मन्त्रालयले कोभिड कोषमा आवश्यक सहयोग माग गर्न र नेपालको अवस्थाबारे जानकारी दिन दातृ निकायका स्थानीय प्रतिनिधिसँग केही दिनअघि अनौपचारिक छलफल पनि गरेको थियो। 

दातृ निकायसँग गुहार
खोप खरिद र व्यवस्थापनका लागि आवश्यक रकमको जोहो गर्ने प्रतिवद्धता यसअघि नै अर्थले जनाइसकेको छ। त्यसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोत परिचालन गर्ने उसको तयारी छ। 'दातृ निकायले कोभिड रेस्पोन्सनका नाममा दिने सहयोगका अतिरिक्त आवश्यक पर्दा अन्य आयोजनाका लागि आउने रकम पनि नेपालमा खोपको सहज खरिद, व्यवस्थापन र वितरणका लागि प्रयोग गर्न सकिन्छ,' अर्थ मन्त्रालयका सहसचिव एवं अन्तरार्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने।

कोभिड-१९ को रोकथाम, न्यूनीकरण तथा उपचारमा सहयोग पुर्या उने भन्दै विश्व बैंक, एसियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायले सहायताको घोषणा गरेका छन्। विश्व बैंकको सहायताबाट मात्रै नेपालमा आवश्यक पर्नेमध्ये २० प्रतिशत भ्याक्सिन ल्याउन सकिने सरकारी अनुमान छ। 'कतिपय दातृ निकायबाट वस्तुगत सहायता स्वीकार गर्न सकिन्छ,' नेपाल भन्छन्, 'स्रोत भन्दा पनि हाम्रा लागि उपयुक्त कुन भ्याक्सिन हुन्छ र सहजरूपमा कुन कम्पनीको उत्पादन ल्याउन सकिन्छ भन्ने महत्वपूर्ण हो।' 

nimb
nimb
Ncell 2
Ncell 2

खोपको सहज उपलब्धताका लागि परराष्ट्र मन्त्रालयले उत्पादक देशहरूलाई अहिलेदेखि नै पत्राचार थालेको छ। कुनै एक देशसँग खरिदका लागि सम्झौता हुन सक्ने अवस्थामा त्यही देशबाट ऋणकै रूपमा पनि खरिद गर्न सक्ने गरी तयारी अघि बढाइएको पनि अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

'कुनै देशले खोप उत्पादकसँग जुन दरमा खरिद गर्छ, त्यही दरमा नेपाललाई बिक्री गर्ने अवस्था बनेको खण्डमा ऋणमा पनि किन्न सकिन्छ,' अर्थ मन्त्रालयका अर्का एक सहसचिवले भने। 

७२ प्रतिशत जनतालाई खोप लगाइने, २० प्रतिशत खोप सहयोगमा आउने
कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीका अनुसार नेपालमा कोभिड भ्याक्सिन ल्याउने पहिलो स्रोत भनेको विश्वव्यापी रुपमा बनेको कोभ्यास फ्यासिलिटी हो। उक्त संस्थामा विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ भन्ने ग्लोबल संस्थाहरु जोडिएका छन्। यदि कोभिड भ्याक्सिन आयो भने संसारका गरिब र धनी सबै देशका सबै जनताले भ्याक्सिन पाउन् भन्ने मनसायले प्रत्येक देशका कसेकम २० प्रतिशत जनतालाई पुग्ने भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता सो संस्थाले गरेको छ। सोही अनुसार नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने भ्याक्सिन कोभ्याक्सले उपलब्ध गराउने छ। 

१४ वर्ष माथिका ७२ प्रतिशत नागरिकमध्ये २० प्रतिशत भ्याक्सिन कोभ्याक्सको हुने भएपछि बाँकी रहेको ५२ प्रतिशत भने खरिद गर्नुपर्ने हुन्छ। त्यसका लागि नै सरकारले आवश्यक तयारी अगाडि बढाएको हो। 

'कोभ्याक्सले दिने २० प्रतिशत बाहेकको भ्याक्सिन खुला बजारबाट किन्नुपर्ने हुन्छ। त्यसका लागि अनुमानित १० डलर प्रतिडोज भनेर हामीले प्रारम्भिक अनुमान गरेका छौं, डा उप्रेतीले भने, 'अहिलेसम्मको अवस्थालाई हेर्दा एउटा व्यक्तिलाई २ डोज चाहिन्छ। त्यो दुई डोज करिब २८ दिनेको फरकमा दिने भनिएको छ। तर विभिन्न भ्याक्सिनको मूल्य र डोज फरक हुनसक्छ। त्यसरी हेर्दा करिब करिब ४८ अर्ब लाग्ने अनुमान छ।' 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहानबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । शुक्रबार, वैशाख १८, २०८३
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १०... शुक्रबार, वैशाख १८, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई थप जिम्मेबार र अधिकारसम्पन्न बनाइ सम्पत्ति रोक्का तथा संस्थाको विद्युतीय अभिलेख नियन्त्रण लिन स... बिहीबार, वैशाख १७, २०८३
ताजा समाचारसबै
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य शुक्रबार, वैशाख १८, २०८३
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार, वैशाख १८, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्