काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा शीर्ष स्थानको टोटेनहमलाई २–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।
घरेलु टिम लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे। यता, टोटेनहमका लागि भने सन हेयुङ मिनले एक गोल फर्काए। खेलको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर खेलको ३३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा पुर्याए।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको टोटेनहम खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा हार ब्यहोरेको हो। खेलको ९० औं मिनेटमा एन्ड्रयु रोबर्टसनको कर्नर प्रहारमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए।
जितसँगै लिभरपुलले दोस्रो स्थानमा झरेको टोटेनहमसँग तीन अंकको स्पष्ट अग्रता बनाएको छ। १३ खेलबाट २८ अंक बनाउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा झरेको टोटेनहमको १३ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।