पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा तेस्रो डिभिजनको क्लब लेस हेरबियर्सलाई २–० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो।
खेलमा हेरबियर्सले पिएसजी माथि दबाब थियो। तर फेन्च च्याम्पियन पिएसजी अनुभवी सावित बन्यो। २६ मिनेटमा गिओभानी लो सेल्सोले २५ यार्ड टाढाबाट गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। ७४ मिनेटमा इडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गरेर अग्रता दोब्बर पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।