• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जोखिम भत्ताको मारमा सिपाही : खटियो ४ महिना, भत्ता ११ दिनको !

64x64
नारायण अधिकारी बिहीबार, पुस २, २०७७  ०७:२४
1140x725
फाइल तस्बिर

काठमाडौं- काेरोना भाइरस (कोभिड-१९) को महामारीमा खटिने सुरक्षाकर्मीलाई सरकारले भने बमोजिमको जोखिम भत्ता उपलब्ध नगराउने भएको छ। भनिए बमोजिम भत्ता नदिने भएपछि महामारीमा खटिएका तल्लादर्जाका सुरक्षाकर्मीमा निराशा छाएको छ।

काेरोना भाइरस न्यूनीकरणका लागि भन्दै गरिएको लकडाउन र प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) देखि शव व्यवस्थापनसम्म खटिने सुरक्षाकर्मीलाई राज्यले जोखिमवापतको भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। चैत १६ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई जोखिम भत्ता दिने निर्णय गरेको थियो।  

मन्त्रिपरिषद्ले सुरक्षाकर्मीलाई तीन भागमा वर्गीकरण गरी दैनिक तीन सयदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो। प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) मा रहेर पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पिपिई) लगाएर खटिने सुरक्षाकर्मीलाई खाइपाई आएको तलबको शतप्रतिशतसम्म भत्ता, पिपिई नलगाई पिआरटीमा खटिनुपर्ने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता र कोरोना रोकथामका लागि पिआरटी र पिपिई नलगाई खटिएका अन्य सुरक्षाकर्मीलाई दैनिक तीन सय भत्ता दिने निर्णय गरेको थियो। 

उक्त निर्णय गरेको झन्डै ९ महिनापछि राज्यले भत्ता उपलब्ध गराउन लागे पनि भनिए बमोजिम नभएकाले जोखिममा खटिएका तल्ला दर्जाका सुरक्षाकर्मीले गुनासो गरेका छन्। 

चैतदेखि साउनसम्म ४ महिना लकडाउनमा खटिएका सुरक्षाकर्मीले राज्यले पहिला भनेबमोजिम दैनिक ३ सय रुपैयाँका दरले भत्ता पाउनुपर्ने हो। दैनिक ३ सयका दर लकडाउनमा खटिएका एक प्रहरीले मात्रै करिब ३६ हजार जोखिम भत्ता पाउनुपर्ने हुन्छ। 

तर अर्थ मन्त्रालयको मंसिर ८ गते सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ सार्वजनिक गरेपछि भने ३६ हजार रुपैयाँ जोखिम भत्ता पाउनुपर्ने सुरक्षाकर्मीले ११ सय रुपैयाँ पाउने अवस्था आएको छ।

मापदण्डमा लेखिएको छ, 'कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमध्ये कुल कार्यरत संख्याको १० प्रतिशतमा नबढ्ने गरी गत चैत १६ गतेदेखि साउन ६ गतेसम्मको प्रोत्साहन रकम मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार खटिएका सुरक्षाकर्मीका उपलब्ध गराउने।’

nimb
nimb
Ncell 2
Ncell 2

सोही मापदण्डअनुसार १० प्रतिशत सुरक्षाकर्मीको नाम पठाउने प्रहरी हेडक्वार्टरमा परिपत्र आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुवँरले बताए। ‘१० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै जोखिम भत्ता उपलब्ध गराउने र सोही अनुसार नाम पठाउन परिपत्र आएको छ। हामीले भने यो संख्या केही बढाउन भनेका छौं,’ प्रवक्ता कुँवर भन्छन्।

खटिएमध्ये १० प्रतिशतले मात्रै जोखिम भत्ता पाउने भएपछि यसको वितरणमा समस्या देखिएको छ। जोखिम महामारीमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिका छन्। तीमध्ये १० प्रतिशतमा कसको नाम हाल्ने, कसको नहाल्ने भन्नेबारे सुरक्षाकर्मीहरू अन्योलमा छन्। 

प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘खटिएका धेरै छन्। १० प्रतिशतभित्र सबैको नाम हाल्न सम्भव छैन। १० प्रतिशतले मात्रै पाउने भन्ने भएपछि समस्या त हुने नै भयो। सबैजसो खटिएका छन् तर पाउन १० प्रतिशतले मात्रै पाउने भन्ने पाएपछि समस्या आयो। ४ महिनाको दामासाहीका हिसाबले सबैले पाउने गरी बाँड्न लागेको छौं।’

प्रहरी प्रधान कार्यालयले आफू मातहतका कार्यालयलाई १० प्रतिशत कर्मचारीको नाम पठाउन निर्देशन गरेको छ। यसमा पनि कसको नाम हाल्ने, नहाल्ने भन्ने समस्या भएपछि प्रहरी कार्यालयहरूले १० प्रतिशतले पाउने ४ महिनाको भत्ता दामासाही सबैले पाउने गरी नाम सिफारिस गरेका छन्। राजधानीको एक प्रहरी युनिटले यसैगरी नाम सिफारिस गरेको छ। जसमा ४ महिना कोरोना माहामारीमा खटिका सुरक्षाकर्मीको भागमा ११ दिन परेको ती अधिकारीले बताए। ‘४ महिना खटिँदा एक प्रहरीले ३६ हजार पाउनु पर्ने हो। तर दामासाहीको हिसाबले पठाउदा ११ दिनको ३३ सय मात्रै पाउने अवस्था आएको छ,’ ती प्रहरी अधिकारीले भने।

उता नेपाली सेना र सशस्त्र प्रहरी बल पनि १० प्रतिशत मात्रै कर्मचारीलाई कसरी भत्ता उपलब्ध गराउने भन्ने दोधारमा छ। सशस्त्रका प्रवक्ता राजु अर्यालले भने, ‘१० प्रतिशतभन्दा बढी कर्मचारी कोरोना माहामारीमा खटिएका छन्। सरकारले १० प्रतिशतलाई मात्रै भत्ता उपलब्ध गराउने भएपछि कसरी वितरण गर्ने समस्या देखिएको छ। यो विषय अहिले छलफलमै छ।’

१० प्रतिशतका कारण ४ महिना खटिँदा ११ दिनको मात्रै भत्ता पाउने भएपछि तल्लो दर्जाका सिपाही, हवल्दारले गुनासो गरेका छन्। अर्कोतर्फ स्वास्थ्यकर्मीले भने पहिलेकाे निर्णयअनुसार नै शतप्रतिशतसम्म भत्ता पाएका छन्। स्वास्थ्यकर्मीबाहेक अन्यको भत्ता काटिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्तावापत् असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा गरिसकेको थियो। तर १० प्रतिशत सुरक्षाकर्मीले पाउने भनिएको भत्ता पनि अहिलेसम्म पाएका छैनन्।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
‘रास्वपा सरकारमाथि भ्रष्टाचार वा अनियमितताको प्रश्न उठेको छैन’ : रवि लामिछाने आइतबार, भदौ ७, २०८३
१४ औँ साग चैतमा आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी आइतबार, भदौ ७, २०८३
रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्