काठमाडौं– टोखा नगरपालिका–२ चण्डेश्वरीबाट ८ वटा जीवित सुन गोहोरो र चितुवाको टाउकोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी–१ का ४१ वर्षीय भेषबहादुर थापा र नगरपालिका–२ चण्डेश्वरीका ४६ वर्षीय मनबहादुर पौडेल छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनीहरुलाई चण्डेश्वरीबाट मंगलबार पक्राउ गरेको हो। सुन गोहोरो र आखेटोपहार किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ बुझाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।