काठमाडौं- पर्सा प्रहरीले ५२ लाख रुपैयाँ बराबरका चाँदीका गरगहना बरामद गरेको छ। भारतबाट राजस्व छली गरेर चाँदीका गरगहना ल्याएको भन्ने सूचनाका आधारमा प्रहरीले ती गरगहना बरामद गरेको हो।
वीरगञ्ज महानगरपालिका–६ स्थित सुनिता कुमारी सर्राफको घरमा उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्स पछाडिको कोठामा लुकाएर राखेको अवस्थामा ती गरगहना बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
चाँदीका विभिन्न गरगहना र सामान गरी ६५ किलो रहेको छ। उक्त चाँदीको बजार मूल्य ५२ लाख रुपैयाँ छ। सामान बारमद गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन। यसबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।