काठमाडौं–लिखु खोला हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ करोड ५० लाख रुपैयाँको शेयर प्रत्याभूति व्यवस्थापनको कार्य नागरिक लगानी कोषलाई दिएको हो।
शेयर प्रत्याभूति कार्य गर्नका लागि कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेञ्चर्सका तर्फबाट अनिल अग्रवालले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन्। रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।