• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीबाट असुरक्षित लोकतन्त्र

64x64
नेपाल लाइभ बुधबार, पुस १, २०७७  १०:०६
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लाग्दै आएको थियो-उनी अधिनायकवादको अभ्यास गरिरहेका छन्। आफ्नो पछिल्लो शासनको सुरुवातदेखि नै उनको ध्यान शक्ति केन्द्रित गर्ने र नागरिक आवाज थुन्नेतिर थियो। उनले अन्य मन्त्रालयमातहत रहेका कैयौं निकायलाई आफूमातहत ल्याए। बजेट त्यहीँ थुपारे। अर्कोतिर, नागरिकको सडकमा उभिने अधिकारलाई बन्देज गर्न थाले। प्रेसका अधिकार खुम्च्याउन र सामाजिक सञ्जालको निगरानी गर्ने उपायको खोजीमा लागे। यसरी बढ्दै गएको उनको स्वेच्छाचारितामा खास प्रश्न उठेनन्। लोकप्रिय मत पाएका दलको लोकप्रिय नेताका रुपमा उनले शंकाको सुविधा पाए।

तर उनको स्वेच्छाचारिताले हद नाघ्दै गएको छ। अब उनी छिनभरकै आवेगमा संवैधानिक मर्मसमेत कुल्चिन अप्ठ्यारो नमान्ने अभिमानी भइसकेका छन्। कसैप्रति जवाफदेही हुनु नपर्ने राज्य सञ्चालनको ‘अधिनायकवादी मोडल’ तिर उनी प्रवेश गरेका छन्।

प्रसंग हो-मंसिर ३० गते जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको। १८ दिनभित्र संसद अधिवेशन सुरु हुनैपर्ने बाध्यता थियो। त्यहीँबाट कानुन संशोधन वा नयाँ कानुन ल्याउने बाटो सरकारका निम्ति खुला थियो। अभ्यास र हाम्रो संविधानको परिकल्पना पनि त्यही हो। तर, राष्ट्रलाई कुनै संकटबाट बचाउन बिरलै प्रयोग गर्न सकिने अध्यादेशको अस्त्र सरकारले प्रयोग गर्‍याे।  बारम्बार प्रयोग गरिरहेकै छ। संसदको छैटौं अधिवेशन अन्त्य भएको र सातौं अधिवेशन बसिनसकेको साढे ५ महिनाको यो अवधिमा मात्रै ७ अध्यादेश जारी भइसकेका छन्। राज्य अध्यादेश डोजले सञ्चालन हुनुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा मुलुक पुगेको छ।

यसले प्रधानमन्त्री ओली संसदप्रति जवाफदेही हुने र ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्त पालना गर्नुपर्ने दायित्वबाट विमुख हुने प्रयत्नमा रहेको पुष्टि हुन्छ। जुन अधिनायकवादी शासकको चरित्र हो। अधिनायकवादसँग दशौं वर्ष संघर्ष गरेको र त्यसको नेतृत्व गरेका कैयौं नेताहरु अहिले पनि जिवितै रहेको अवस्थामा पुन: अधिनायकवादी शासनको लक्षण देखिनु मुलुकको अन्धकार भविष्यको संकेत हो।

संवैधानिक आयोग र निकायहरुले उहिल्यै पूर्णता पाउनुपर्थ्यो। त्यसमा ओलीले नै परिपक्वता र विश्वासको वातावरण बनाउन सक्नुपर्थ्यो। तर उनले आफ्नो अक्षमताको दोष अरुलाई दिने छलपूर्ण तरिका अपनाइरहे। अहिले भने बाटोमा हिँड्दा लडेको रिसमा खाल्डोमा हामफाल्ने भुल गरेका छन्। यो सच्चिनु जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो विषयले पनि शंकाको सुविधा त्यतिबेला पाउँथ्यो होला, जतिबेला उनका जनमुखी अन्य कदमहरु पनि यसैगरी तीव्रताका साथ हुन्थे। तर, त्यसको कुनै एउटा पनि उदाहरण पाउन मुस्किल छ। बरु सम्पूर्ण राज्य संरचनालाई आफ्नो कठपुतली बनाउने प्रयत्नस्वरुप हुने यस्ता काम भने आम बहस र छलफल बिना नै गरिरहेका छन्। उनकै सहयोगी मन्त्री, जो मन्त्रिपरिषद् बैठकमै सहभागी थिए, उनीहरुले समेत सञ्चारमाध्यमबाट अध्यादेशबारे थाहा पाउनुपर्ने अवस्था रह्यो। आफ्नो पार्टीमा छलफल नभएकाले त्यो पार्टीको अपनत्वको विषय रहेन, मन्त्रिपरिषद्‌मा छलफल नभएकाले त्यो मन्त्रीहरुको पनि अपनत्वको विषय रहेन। त्यसैले यो  प्रधानमन्त्रीको संस्थागत पनि होइन, निजी  स्वार्थको विषय भएको छ।

ओली प्रधानमन्त्री हुनुमा केही पृष्ठभूमि छन्। मुख्यतः उनले समृद्धि र सुशासनका सपना देखाएका थिए। ‍तर शासन सञ्चालनको ६० प्रतिशत समय बितिसक्दा ती सपनाले हावा खाइसकेका छन्। मुलुक भ्रष्टाचारमा चुर्लुम्मै डुबेको विषय अब आम आरोपमात्रै रहेन, सत्तारुढ पार्टीमा प्रस्तुत र छलफलमा रहेको दस्तावेजले नै भनिरहेको छ। यस्तो अवस्थामा ओलीले आफ्नो वैधता पनि गुमाउँदै गएका छन्। उनीसँग अब जनतालाई दिनका लागि सुखद् कुरा छैन। सायद यसबाट उनमा पनि हडबडाहट बढिरहेको छ र ‘संवैधानिक उट्पट्याङ’ गरिरहेका छन्।

अब प्रश्न ओलीसँग मात्रै सीमित रहेन। उनले आफ्नो बाटो र शैली प्रष्ट पारिसकेका छन्। अब प्रश्न पछिल्लो लोकतान्त्रिक आन्दोलनको अभिप्रायप्रति सरोकार राख्नेहरु, लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गरेका र यसको मर्म बोध गरेका र यसै व्यवस्थालाई परिपक्व बनाएर देशको शासन चरित्र उज्यालो हुन्छ भन्ने विश्वास गर्नेहरुप्रति छ। प्रधानमन्त्री ओलीको स्वेच्छाचारितालाई बेलैमा नियन्त्रण नगर्ने हो भने निकट समयमै मुलुक पुनः अर्को संकटतिर धकेलिन अभिशप्त हुनेछ।

Xtrem
Xtrem

प्रश्न सत्तारुढ नेकपाप्रति पनि छ। किनकि, मतदानका बेला चुनावी घोषणापत्र बोकेर हिँड्ने सोही पार्टीका उम्मेदवार पनि थिए। र, आगामी चुनावमा पनि उनीहरुले नै प्रतिस्पर्धा गर्नुपर्ने छ। उसै पनि कम्युनिस्ट पार्टीलाई निरंकुश शासनको चाहना राख्ने जमातको रुपमा चित्रित गरिन्छ। तर नाममा कम्युनिस्ट भए पनि लोकतान्त्रिक शक्ति हौं भन्ने दाबी गर्ने यस पार्टीका जिम्मेवार नेताहरुले त्यसलाई पुष्टि गर्ने अवसर आएको छ। नत्र, लोकतन्त्रको उज्यालो नछाउँदै निरंकुशताको अध्याँरो भित्र्याएको आरोपबाट कोही पनि मुक्त हुने छैनन्।
 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्