काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको विल्बाओलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम रियलको जितमा करिम बेन्जिमाले दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे। एथ्लेटिको विल्बाओको जितमा एन्डर कापाले एक गोल फर्काए। खेलको १३ औं मिनेटमा नै एथ्लेटिको विल्बाओ १० खेलाडीमा झरेपछि रियलले सहज रुपमा पराजित गरेको हो। राहुल गार्सियाले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
पहिलो हाफको अतिरिक्त समयमा टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलले पछि परेको एथ्लेटिको विल्बाओले खेलको ५२ औं मिनेटमा भने गोल फर्काउन सफल भयो। एन्डर कापाले गोल गर्दै एथ्लेटिको विल्बाओलाई १–१ गोलको बराबरी दिलाएका थिए। खेलको ७४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बेन्जिमाले नै अर्को गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए।
यो जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग बराबरी अंक बनाएको छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडले १३ खेलबाट २६ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको रियल सोसिडाडको १३ खेलबाट २६ अंक छ। लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।