जयपुर- आइपिएल क्रिकेटमा राजस्थान रोयल्यसले किंग्स इलावेन पञ्जावलाई पराजित गरेको छ। मंगलबार जयपुरमा भएको खेलमा राजस्थानले पञ्जावमाथि १५ रनको जित हात पारेको हो।
जितसँगै १० खेलबाट ८ अंक जोड्दै राजस्थानले प्लेअफमा पुग्ने आसा बाँकी राखेको छ। राजस्थान पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ। पञ्जाव १० खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ।
मंगलबार राति राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जावले ७ विकेट गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो। पञ्जावका लागि ओपनर लोकेश राहुलले नटआउट ९५ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। किनकी अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। क्रिस १ रनमा आउट हुँदा कप्तान रविचन्द्रन आस्विन शून्यमा रनमा आउट भएका थिए। लगत्तै करुण नइर ३ रन र अक्षदिप नाथ ९ रनमा आउट भएक थिए। पञ्जावको इनिङ ध्वस्त पार्ने क्रममा राजस्थानका कृष्णप्पा गोथानले २ विकेट लिए। अन्य चार बलरले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १ सय ८२ रन जोड्यो। उसका लागि जोस बटलरले ५८ रन जोडे। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। सन्जु समासनले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङतर्फ पञ्जावका एन्ड्रिय टेले ४ र मुजिर उर रहमानले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।