काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले फरक विचारलाई निषेध गरेर जान खोजेको आरोप लगाएका छन्। नेपाल लाइभसँग कुराकानी गर्दै नेता गुरुङले यस्तो बताएका हुन्।
गुरुङले आफ्नो राजीनामा मागेको स्वीकार्दै भने, 'पार्टीमा विचारको र लाइनको संघर्षको कुरा हो। त्यहाँ प्रक्रियागत ढंगले जाने कि सर्वसत्तावादी भएर निषेध जाने भन्ने हुन्छ। उहाँले सर्वसत्तावादी तरिकाले जान खोज्नुभएको छ।'
यसअघि प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै सत्तापक्षको प्रमुख सचेतको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेका थिए।
नेकपा एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।