काठमाडौं–लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको २३६ औं सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारणसभा बोलाउन सक्ने छ।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ८८ करोड ३१ लाख रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ। कर प्रयोजनसहित २४ करोड ५३ लाख रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको बैंकले शेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश दिने भएको हो। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य २८८ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।