फाइल तस्बिर
काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा नआएपछि संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेलाई डाकिएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली र अन्य ३ सदस्यहरु उपस्थित भए पनि सभामुख नआएपछि ५ बजेलाई डाकिएको हो।
बैठक पुनः ५ बजे बस्ने गरी सकिएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।
अनौपचारिक छलफल भए पनि गणपुरक संख्या नपुगेपछि बैठकले कुनै निर्णय गरेन।
परिषद् बैठकसम्बन्धी कार्याविधिमा अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित भएमा परिषद् बैठकका लागि गणपुरक संख्या पुगेको मानिने उल्लेख छ। तर बैठकमा सभामुख सापकोटा अनुपस्थित भए भने उपसभामुख नै नभएकाले गणपुरक संख्या नपुगेको हो।
बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए।
सभामुख सापकोटा भने बैठकको तयारी नपुगेको र समन्वय नगएको उनका निकटस्थहरुले बताएका छन्।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा थियो। करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् । संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।