फाइल तस्बिर
काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज डाकेको संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा जारी छ। सभामुख अग्निप्रसाद सापकोटा सहभागी नभए पनि अन्य ४ जनाको सहभागितामा बैठक बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।
परिषद् बैठकसम्बन्धी कार्याविधिमा अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित भएमा परिषद् बैठकका लागि गणपुरक संख्या पुगेको मानिनेछ । तर बैठकमा सभामुख सापकोटा अनुपस्थित छन् भने उपसभामुख नभएकाले गणपुरक संख्या पुग्दैन।
सभामुख सापकोटा भने बैठकको तयारी नपुगेको र समन्वय नगएको उनका निकटस्थहरुले बताएका छन्।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ। करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् । संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।