प्रतीकात्मक तस्बिर
भक्तपुर- चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ।
आगलागीबाट झन्डै १२ लाख रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ। हालसम्म ११ लाख ८६ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ।
आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।