काठमाडौं– एक करोड ६३ लाख रुपैयाँको चेक अनादर मुद्दाका फरार दोषी अनिल पोद्दार पक्राउ परेका छन्। काठमाडौं बबरमहल बस्ने ४८ वर्षीय पोद्दारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार कलंकीबाट पक्राउ गरेको हो।
पोद्दारले आफ्नो खातामा पर्याप्त रकम रहेको छैन भन्ने थाहा हुँदाहुँदै एक करोड ६३ लाख रुपैयाँ बराबरको चेक काटेर बुद्धनगरका नानीबाबु खरेललाई दिएका थिए।
चेक अनादर मुद्दामा पोद्दारलाई जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते १ महिना कैद, ३ हजार जरिवाना र एक करोड ६३ लाख बिगो भराउने फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।