काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा भट्टराईले लोकतन्त्रका तीन प्रमुख क्षेत्रमध्ये सरकारमा सत्तापक्षको भएपनि सदन र सडकमा विपक्षको अधिकार र कर्तव्य हुने तर्क गरेका छन्।
‘ओली सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई। भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्छ‚’ भट्टराईले ट्विटरमा भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं। जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जन्छ।’
प्रधानमन्त्री ओलीविरुद्ध भट्टराईले निरन्तर समाजिक सञ्जालमार्फत् आलोचना गर्दै आएका छन्। त्यसैक्रममा उनले सरकारका क्रियाकलापविरुद्ध सडकमा उत्रेको कांग्रेसको समर्थन गर्दै जसपा पनि सडक र सदनमा उत्रने संकेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।