फाइल तस्बिर
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्ने बताएका छन्। तर त्यस्तो आचलनात्मक चेत सिर्जनात्मक, समृद्धि र एकताका लागि हुनुपर्ने उनको भनाइ छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताएका हुन्। साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताए।
साहित्य र कलाको माध्यमबाट देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उनको भनाइ छ।
प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयलाई कलमका माध्यमबाट उजागर गर्न अझ बढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले उल्लेख गरे। प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।