• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दर्नालको डायरीबाट खुलेका विप्लवका 'अर्थ'

64x64
नारायण अधिकारी सोमबार, मंसिर २९, २०७७  १७:५१
1140x725

काठमाडौं- मंसिर ५ गते प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अर्थ विभाग प्रमुखसहित दुई जनालाई ललितपुरबाट पक्राउ गर्‍यो। नेकपा अर्थ विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) र अर्थ विभागकै अर्का सदस्य तथा जिल्ला सेक्रेटरी सञ्जीव नेपाली (सुवर्ण) बागडोलबाट पक्राउ परेका थिए। आतंकवाद, अन्तरदेशीय अपराध तथा राजनैतिक र सशस्त्र समूहको गतिविधिको निगरानी गर्ने प्रहरीको विशेष ब्युरोको सक्रियतामा उनीहरू पक्राउ परेका थिए।

लामो समयको सुक्ष्म निगरानीबाट पक्राउ परेका विकल्प र सुवर्णलाई महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर प्रहरीले २१ दिन लामो अनुसन्धान गरेको थियो। अनुसन्धानपछि विप्लव नेकपाका आर्थिक (अर्थ) फाँटका महत्वपूर्ण दस्तावेजहरू प्रहरीले फेला पारेको छ।

विप्लव नेकपाले मंसिर ६, ७ र ८ गते तीन दिनसम्म वर्षगाँठ मनाएको थियो। उक्त वर्षगाँठ मनाउन भन्दै विप्लव नेकपाले चन्दा असुलीलाई तीव्रता दिएको थियो। चन्दा असुलीमा काठमाडौं उपत्यका पनि अछुतो थिएन। यही घटनाको विश्लेषण गरेर विशेष ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 

‘विप्लव नेकपाका अर्थ विभाग प्रमुख नै पक्राउ पर्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। त्यहाँबाट छिरेर चन्दाका विभिन्न लेयर पत्ता लाग्ने हाम्रो विश्लेषण थियो,’ विशेष ब्युरोमा कार्यरत एक उच्च प्रहरी अधिकृत सुनाउँछन्।

उनीहरू पक्राउ परेसँगै प्रहरीको यो विश्लेषणलाई थप पुष्टि हुने गरी विप्लव नेकपाले नै एक विज्ञप्ति जारी गर्‍यो। पक्राउको भोलिपल्ट मंसिर ६ गते विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गरेका थिए।

‘अर्थ विभागको कामको क्रममा काठमाडौं उपत्यकाको नख्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाटै पक्राउ गरी बेपत्ता पारियो। हाम्रो पार्टीको केन्द्रीय आर्थिक नीति र योजना अन्तर्गत आर्थिक कार्यमा क्रियाशील अर्थ विभागका कमरेडद्वयलाई चन्दा असुली र धम्कीको मिथ्या आरोप लगाइएको छ,’ विज्ञप्तिमा लेखिएको थियो।

‘विज्ञप्तिमा लेखिएका यी शब्दले नै उनीहरूको चन्दाआतंकको अवस्था प्रष्ट्याएको थियो। हाम्रो विश्लेषण सही रह्यो। सोही अनुरुप अनुसन्धान गर्दा विप्लव समूहका अर्थका पाटाहरू धेरै खुले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

७० लाख चन्दा असुलेको भेटियो प्रमाण
पक्राउ परेका दर्नाल र नेपाली विप्लव नेकपाको अर्थका विभाग सदस्य हुन्। उनीहरूमार्फत् नै विप्लव नेकपाको सम्पूर्ण आर्थिक कारोबार हुने गरेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूमाथि प्रहरीले २१ दिन लामो अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा विप्लव पार्टीका विभिन्न दस्तावेज, डायरी, आर्थिक कारोबारका कागजात, चन्दाको रसिद, आर्थिक कारोबार गरेको बैंकभौचरलगायत थुप्रै कागजात फेला परेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। 

अनुसन्धानका क्रममा उनीहरूले विभिन्न व्यवसायीबाट उठाएका चन्दाको विवरणदेखि पठाएको विवरणसम्म प्रहरीले फेला पारेको छ। एक प्रहरी अधिकारीले भने, ‘उनीहरूले उठाएको रकम विप्लव पार्टीका उच्च नेतादेखि जिल्ला तहका नेतासम्मलाई पठाएको बैंक भौचर पाइएको छ। ७० लाख रुपैयाँ ३५ जनाभन्दा बढीको नाममा पठाएको अनुसन्धानमा खुल्यो।’

‘वर्षगाँठका लागि उठाएको रकमको विवरण मात्रै हामीले बरामद गरेका हौं। यसभन्दा अघि पनि यी दुईले करोडौं रुपैयाँ उठाएको हुनुपर्छ,’ प्रहरीको विश्लेषण छ।

उक्त रकम वर्षगाँठ मनाउनका लागि धम्क्याउँदै व्यवसायीहरू उठाएको प्रहरीले जनाएको छ। ‘वर्षगाँठका लागि उठाएको रकमको विवरण मात्रै हामीले बरामद गरेका हौं। यसभन्दा अघि पनि यी दुईले करोडौं रुपैयाँ उठाएको हुनुपर्छ,’ प्रहरीको विश्लेषण छ। विप्लव समूहले आर्थिक पाटो संकलन गरेर होलटाइमर पार्टी कार्यकर्ता पाल्नेदेखि आफ्नो सेना खडा गरेर तालिम दिने र हतियार खरिदमा समेत लगानी गर्ने गरेको निष्कर्ष प्रहरीको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पैसा पठाएको बैंक भौचरदेखि आइएमई गरेकोसम्म विवरण पाए पनि दर्नाल र नेपालीबाट अरु 'क्लु' खुलेन। प्रकाण्ड अर्थ विभाग प्रमुख भएकै बेला दर्नाल उनको सेक्रेटरी भएर काम गरेका व्यक्ति हुन्। जसकारण पनि दर्नालको अहिले पनि प्रकाण्डसँग प्रत्यक्ष सम्बन्ध रहेको विश्लेषण प्रहरीको छ। तर यसबारे दर्नाल आफू अनविज्ञ हरेको दाबी प्रहरी समक्ष गर्छन्। प्रहरीले विप्लव र प्रकाण्डसँग दर्नालको प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरे पनि त्यसको कुनै क्लु फेला पार्न सकेन।

दर्नाल पहिला एमालेमा आबद्ध थिए। पहिलो संविधानसभाको चुनावपछि एमालेको मजदुर संगठनबाट विद्रोह गरेर उनी तत्कालीन माओवादीको मजदुर संगठनमा प्रवेश गरेका थिए। माओवादी पार्टी फुटेपछि उनी मोहन वैद्य नेतृत्वको माओवादी हुँदै उनी विप्लव नेकपामा प्रवेश गरेका थिए। 

विप्लव नेकपाको दोलखा सेक्रेटरी भएकै बेला प्रकाण्डसँग राम्रो सम्बन्ध बनाएपछि उनी अर्थ विभागमा पुगेका थिए। २०७५ साउनमा मकवानपुरतर्फबाट काठमाडौं आउँदै गर्दा चोभारबाट प्रकाण्ड पक्राउ पर्दा उनको व्यापक खोजी भएको थियो। त्यसबेला प्रकाण्डको सेक्रेटरी भएर काम गरेका उनीसँग विप्लव नेकपाका आर्थिक हिसाबकिताबको दस्तावेज रहेको प्रहरीको बुझाइ थियो। त्यतिबेला पार्टी नेताले प्रयोग गर्दै आएको गाडीसहित उनका भाइ प्रमेश दर्नाल पक्राउ परेका थिए भने उनी भाग्न सफल भएका थिए। 

त्रास नै उन्मुक्तिको बाटो
चन्दा ऐन अनुसार ‘नेपाल सरकार वा प्रदेश सरकारको’ पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिनदिनबाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन।’

यसरी चन्दा उठाइएको पुष्टि भएमा दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गरिने उल्लेख छ।

तर दर्नाल र नेपालीले जबरजस्ती चन्दा असुली गरेको कागजात समेत पाइएपछि प्रहरीले उनीहरूविरुद्ध प्रहरीले चन्दा ऐन २०३० अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा संगठित रूपमा नै चन्दा संलकन गरेर विभिन्न व्यक्तिलाई पठाएको पाइएपछि प्रहरीले संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गर्न लागेको थियो। अन्ततः अदालतले उनीहरू दुवै जनालाई आइतबार रिहा गर्न आदेश दियो।

यसको मुख्य कारण डरले पीडित पक्ष उपस्थित नहुनु रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जन बताउँछन्। ‘चन्दा उठाएको विवरण भेटिए पनि जबरजस्ती मसँग चन्दा उठाएको भन्दै कोही प्रहरीकहाँ उपस्थित हुँदैनन्। पीडित बिना प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउँदा कमजोर हुने भएकाले उनीहरू छुटे,’ उनले भने।

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनीहरूले दायर गरेका रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबार ललितपुर जिल्ला अदालत श्रेस्तेदारको रोहबरमा छाड्न आदेश दिएको थियो। त्यसपछि छुटेका उनीहरू पुनः पक्राउ परे। उनीहरूविरुद्धको मुद्दा भक्तपुरमा पनि रहेकाले भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

व्यवसायीहरूले भने कोभिड-१९ ले अर्थतन्त्रमा पारेको असर विस्तारै लयमा फर्कन लाग्दा चन्दा आतंक बढेको दाबी गरेका छन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई  भेट्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले चन्दा आतंकका कारण व्यवसाय गर्न असहज भएको बताएका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष गोल्छाले चन्दा आतंक रोक्न सरकारले काम गर्नुपर्ने बताएको निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल लाइभसँग बताएकी थिइन्। 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्