काठमाडौं–सिनामंगल सुकुम्बासीमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले सुकुम्बासी बस्तीमा आगलागी भएको खबर पाउनासाथ घटनास्थलमा प्रहरी खटिएको जानकारी दिए।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
आगलागीको कारण भने खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।