काठमाडौं-चन्द्रागिरी नगरपालिका–२ वाणभन्ज्याङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ।
ना २ क ३२३ नम्बरको निशान गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।
दुर्घटनामा परेर सिन्धुलीका अन्दाजी २३ वर्षीय मनिष कार्की र २६ वर्षीय मानकुमार माझीको मृत्यु भएको छ। दुर्घटनामा परेको गाडी दामन कन्स्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ। वाणभन्ज्याङबाट अन्दाजी २ सय मिटर तल सल्लाघारीमा गाडी खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।