काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले उखु किसानको बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल बक्यौता रकम उपलब्ध गराउन जसपाले सरकारसँग माग गरेको हो।
उखु किसानले बिक्री गरेको एक करोडभन्दा बढी बक्यौता रकम नपाएपछि दवाब दिन काठमाडौंमा आएपछि जसपाले सरकारको ध्यानाकर्षण भएको बताएको हो। उखु किसानले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जसपाले सहयोग गर्नेसमेत जनाएको छ।
चिनी मिलले भुक्तानी नगरेपछि गत वर्ष काठमाडौंमा आएर आन्दोलन चर्काएपछि सरकारले चिनी मिलका तर्फबाट जमानी बस्दै सहमति गराएको थियो। तर चिनी मिलले हालसम्म पनि भुक्तानी नगरेपछि उखु कृषकहरू काठमाडौंमा आएर आन्दोलन सुरु गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।