सांकेतिक तस्बिर
ललितपुर- ललितपुरको ग्वार्कोस्थित उज्वल आयल स्टोर (पेट्रोल पम्प)मा लागेको आगो नियन्त्रणमा आएको छ।
पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको तार सट भएर आगलागी सुरु प्रारम्भिक अनुसन्धानले देखाएको ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।
आगलागी सवा ६ बजे सुरु भएको थियो। तर १ घण्टापछि नियन्त्रणमा आएको उनले जानकारी दिए।
आगलागीबाट ट्यांकरको अगाडिको भाग जलेको छ भने थप ४ मोटरसाइकलमा क्षति पुगेको महर्जनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।