• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१६ दिने अभियानकै बीचमा महिला हिंसाविरुद्धका ३९ घटना

बलात्कारमा मिलापत्र गर्नेदेखि आफ्नै छोरीको हत्यासम्म
64x64
नेपाल लाइभ आइतबार, मंसिर २८, २०७७  १७:१६
1140x725

काठमाडौं- कात्तिक २६ गते राती रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहाकी एक १७ वर्षीया किशोरीको आफ्नै आमाबाबुले गोली हानी हत्या गरे। छोरीको हत्या गरेको अभियोगमा जन्म दिने बाबुआमासहित ६ जनालाई पक्राउ गरी मंसिर १४ गते सार्वजनिक भएपछि यो घटना भएको खुल्न आएको हो। 

माइतीघरमा सुतिरहेको बेला दायाँ कन्चटमा गोली प्रहार गरी उनको हत्या भएको थियो। गोली लागेर ती किशोरीको घटनास्थलमै मृत्यु भएको थियो। 

आमा सीतादेवी साह राती शौचालयतर्फ गएको बेलामा अपरिचित व्यक्ति घरमा पसी अमृताको टाउकोमा गोली प्रहार गरेका थिए। गोलीको आवाज सुनेर शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको मृतककी आमाले प्रहरीमा बयान दिएकी थिइन्। तर प्रहरीको अनुसन्धानले बाबुआमाकै मिलेमतोमा किशोरी छोरीको हत्या भएको खुल्न आएको छ। 

स्थानीय ३० वर्षीय थारू भन्ने सोसिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबाबमा ०७६ फागुनमा सर्लाहीस्थित विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भएको थियो। तर रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछि मृतक अमृताकुमारी साह माइतीघर आएकी थिइन्। 

२०७७ साल असारमा रुपेश साह र अमृताकुमारी साहबीच सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेद भएपछि पति रुपेश पक्षबाट अमृताकुमारी साह र सोसिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो। अमृताकुमारी र सोसिन्द्रबिचको प्रेम सम्बन्ध बाबुआमालाई स्वीकार्य नभएको भन्दै उक्त मुद्दामा छोरी गिरफ्तार भएमा इज्जत जाने डरका कारण ५५ वर्षीय बुबा रामअयोध्या साह र देवाही गोनाही नपा–२ करुनिया लक्ष्मीनियाका मृतकका भिनाजु लक्ष्मण साहले परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साहलाई १ लाख ५० हजार रुपियाँ दिएर भारतमा लगी मार्ने योजना बनाएको खुल्न आएको प्रहरी अनुसन्धानले देखाएको छ।

ज्यान मार्ने योजना अनुरुप ०७७ कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारतमा लगेर मार्ने योजना असफल भएपछि ०७७ कात्तिक २६ गते मृतकका बुबा रामअयोध्या साह र भिनाजु लक्ष्मण साहले इज्जतका लागि पुनः अर्को योजना अनुरुप गोली हानी हत्या गर्न लगाएको खुलेको थियो।  

घटनामा संलग्न रहेको आरोपमा मृतक अमृताको बुबा ५५ वर्षीय रामअयोध्या, आमा ५० वर्षीय सितादेवी साह, देवाही गोनाही नपा–२ का ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय इसलाम अन्सारी, सोही ठाउँका शेख इम्ताज, परोहा नपा–४ का ४६ वर्षीय छोटेलालसहित ६ जनालाई जिल्ला अदालत रौतहटबाट ज्यानसम्बन्धी कुसुरमा मङ्सिर १४ गते सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको छ। 

000

Ncell 2
Ncell 2

०७७ जेठ २३ गते १८ वर्षीया किशोरीलाई बेलुका पानी भर्न गएको समयमा बैतडीमा सिगास गाउँपालिका–२ का २२ वर्षीया युवक दिपक धामीले बलात्कार गरेको घटना एक तोला सुनमा मिलापत्र गराएको रहस्य प्रहरी कार्यालयमा उजुरी भएपछि खुलेको थियो। मिलापत्र गरिएको कागजमा उल्लेख गरिएको सुन नदिएर पीडितका दाइलाई कुटपिट गरेपछि उक्त घटना र मिलापत्र भएको कुरा सार्वजनिक भएको थियो। 

पीडित युवतीका आफन्त र गाउँले मिलेर उक्त घटना ०७७ असार १४ गते आरोपितले एक तोला सुन दिने शर्तमा कागज गरी मिलापत्र गरिएको पीडित युवतीले बताएकी थिइन्। मिलापत्र गरिएको कागजमा पीडित र आरोपितबिच झैझगडा भएको उल्लेख गरिएको छ। परिवार र गाउँलेहरूको दबाबमा मिलापत्र भएको भन्दै उक्त घटनाकी पीडित युवती अहिले न्यायको खोजीमा सदरमुकाम आइपुगेकी छन्। १८ वर्षीया महिलालाई बलात्कार गरेको घटना गाउँमै मिलाएको आरोपमा प्रहरीमा उजुरी परेपछि ६ जनालाई मङ्सिर १३ गते गिरफ्तार गरेको थियो। 

बैतडीको सिगास गाउँपालिकाका–३ का वडा अध्यक्ष ४८ वर्षीय शेरसिंह साउद, सोही ठाउँका ३६ वर्षीय राजेन्द्र धामी, २९ वर्षीय नरेन्द्र धामी र ३१ वर्षीय गोपाल धामीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले बताए। यसअघि मङ्सिर १२ गते सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँकै ४० वर्षीय मनोज सिंह धामी र ४० वर्षीय अमर धामीलाई गिरफ्तार गरेको थियो। बलात्कारको घटनाका मुख्य आरोपित २२ वर्षीय दीपकसिंह धामी भने ‘फरार’ भएपछि प्रहरीले खोजी जारी राखेको छ। 

000

महिला हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै मात्र पूरा भएको छ। तर यही अवधिमा पनि महिला हिंसाका कुकृत्य भइरहेका छन्। १६ दिने अभियान अवधिमा सार्वजनिक भएका केही घटना मानवीय अपराधका विध्रूप उदाहरण हुन्। १६ दिने महिला हिंसाविरुद्धको अभियानकै क्रममा २ महिलाको हत्या भएको सार्वजनिक भएको हो। 

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नामको नारासहित सरकार र गैरसरकारी संस्थालगायतले भव्य रुपमा महिला हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी संचालन भएको बताएका छन्। ०५४ सालबाट नेपालमा हरेक वर्ष मनाउँदै आइएको यो अभियानको मुख्य उद्देश्य भनेकै लिङ्गका आधारमा हुने हिंसाको न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्नु नै हो। तर तथ्याक हेर्ने हो भने यो झन् बढेको सरकारी पक्षकै तथ्यांकले देखाएको छ। 

सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १० देखि २५ गतेसम्म) सम्म विविध कार्यक्रमहरूको आयोजना गरी अभियान सञ्चालन गर्दै आएको छ। 

यो अवधिमा महिला हिंसाका ३९ घटना भएका भएका छन्। २४ जना महिला बलात्कार भएको छ भने धेरै बालिका यसको शिकार भएका छन्। १६ दिनमा १४ जना त बालिका मात्र बलात्कार भएका छन्। १६ दिने अभियानकै क्रममा २ जना महिलाको हत्या भएको छ। यो अवधिमा २५ जना बालिका महिला हिंसाको चपेटामा परेका छन्। 

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ। महिलामाथि हुने घरेलु हिंसा (नियन्त्रण र कसुर)सजाय ऐन २०६६ जारी भई लागू भएपछि यस्तो अभियान सरकारी र गैरसरकारी संस्थाले संचालन गर्दै आएका छन्। तर लिङ्गका आधारमा हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै आएको विभिन्न तथ्याङले देखाएका छन्।

महिला तथा यौनिक अल्पसङ्ख्यकविरूद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारको अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुन कार्यान्वयनको अवस्था कमजोर रहिरहेको मानव अधिकारकर्मीहरुको तर्क छ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक सुरु आइतबार, चैत १, २०८२
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
कांग्रेसको आधिकारिकता विवादको पेसी हेर्न नभ्याइनेमा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्