एजेन्सी– विराट कोहली, जसप्रित बुमराह, रोहित शर्मा र भुवनेश्वर कुमार अफगानिस्तान विरुद्धको टेस्टमा अनुपस्थित हुने भएका छन्।
अफगानिस्तान विरुद्धको पहिलो तथा ऐतिहासिक टेस्टमा भारतीय टिमको कप्तानी अजिन्का राहाणेले गर्ने भएका छन्। आइसिसीको पूर्ण सदस्यमा बढुवा भएपछि अफगानिस्तानले पहिलो पटक टेस्ट खेल्न लागेको हो। टेस्ट बेंगुलुरुमा जुन १४ देखि १८ सम्म हुनेछ।
यो टेस्टमा भारतले चार जना खेलाडीलाई आराम दिएको हो। चार जनै खेलाडी ए प्लस क्याटागोरीका हुन्। टिममा शिखर धवन मात्र ए प्लस क्याटागोरीका छन्।
अफगानिस्तान विरुद्ध खेल्ने भारतीय टिम
अजिन्का राहाणे (कप्तान), शिखर धवन, मुरली विजय, लोकेश राहुल, चेतेश्वर पुजारा, करुण नइर, ऋद्धीमान साह, रविचन्द्रन अस्विन, रविन्द्र जडेजा, कुलदिप यादव, उमेश यादव, मोहमद सामी, हार्दिक पाण्ड्या, इशान्त शर्मा, शार्दुल ठाकुर।
इन– करुण नइर, कुलदिप यादव, शार्दुल ठाकुर।
आउट– विराट कोहली, रोहित शर्मा, भुवनेश्वर कुमार, जसप्रित बुमराह, पार्थिव पटेल, दिनेश कार्तिक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।