• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

म्याग्दी र मुस्ताङको सीमा विवाद समाधानका लागि जुट्यो सहमति

64x64
नेपाल लाइभ आइतबार, मंसिर २८, २०७७  ०९:१७
1140x725

मुस्ताङ–म्याग्दी र मुस्ताङको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेकोे छ। मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र उनीहरुले निर्धारण गरेको सिमाना दुवै पक्षलाई मान्य हुने सहमति जुटेको हो।

म्याग्दी र मुस्ताङस्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै जिल्ला समन्वय समितिका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाको उपस्थिति थियो।

मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि विवाद चुलिएको थियो।  जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले नापी विभागका प्राविधिक ल्याएर सिमाना पहिचान गरी विवाद समाधान गर्न दुई जिल्लाको तीन÷तीन प्रतिनिधि सदस्य रहेको समिति गठन भएको जानकारी दिए। 

‘समितिलाई नापी विभागसँग समन्वय गरेर प्राविधिक टोली ल्याई जिपिएसको माध्यमबाट बादरजुङ भीरको सिमाना पहिचान गर्न जिम्मेवारी दिने निर्णय भएको छ’, उनले भने, ‘नापी विभागका प्राविधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुवै जिल्लाका बासिन्दा स्वीकार गर्न सहमत भएका छन्।’ 

समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडाध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडाध्यक्ष विशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

दाना र घाँसाका वडाध्यक्षले सिमानाका विषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी विभागको प्राविधिक टोलीको सहयोग लिने निर्णय भएको हो । सिमानामा प्रवेशद्वार निर्माण, वन र जडीबुटी प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दाबीच सीमा विवादले सामाजिक द्वन्द्व बढाएको थियो ।

मुस्ताङका जिसस प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्वार बनाउन ५० लाख रुपैयाँ विनियोजन गरे पनि विवादका कारण कार्यान्वयन हुन नसकेको बताए।  ‘गत वर्षको पुस २३ गते दुई जिल्लाका सरोकारवालाबीच भएको छलफलबाट विवाद समाधानका लागि भएको निर्णय कार्यान्वयन हुनसकेको थिएन’, उनले भने, ‘कोरोनाको जोखिम र लकडाउनका कारण प्रभावित भएको सीमा विवाद समाधानका लागि पुनः छलफल गरेर सहमति जुटाएको हौं।’ 

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राविधिक अध्ययन प्रतिवेदनको आधारमा विवाद समाधान गर्न प्रस्ताव गर्नुभएको थियो। म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हीरादेवी पौडेलले तथ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको विवाद समाधान गर्न सुझाव दिएका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सीमा क्षेत्रको जङ्गलमा चरिचरन, जडीबुटी सङ्कलन र वनको उपभोग गर्ने विषयमा सीमा विवाद हुँदा दाना र घासा तथा लेतेका बासिन्दाबीच विवाद भएको दानाका बासिन्दा गङ्गा पुनले बताए। कालीगण्डकीको तीरबाट धवलागिरि हिमालको फेदीसम्म म्याग्दी र मुस्ताङको सिमाना जोडिएको छ । अहिले मुस्ताङको घासा लेतेका बासिन्दाले बादरजुङ भीरको झोलुङ्गेपुल यताको तुरतुरे धारा सिमाना भएको दावी गर्दै आएका छन् । म्याग्दीको दानाका बासिन्दाले पुलबाट मुस्ताङतर्फ रहेको खोल्सालाई सिमाना भएको दावी गर्दै आएका छन् । 

यसअघि विसं २०६६ तिर सिमानामा स्वागत बोर्ड राख्न आएका मुस्ताङका बासिन्दा र दानाका स्थानीयबीच झडपको स्थिति भएको थियो। विवाद र झडपको अवस्था आएपछि उनीहरु बोर्ड नराखी फर्किएका थिए। यसैगरी कालीबराहको चरन क्षेत्रको सीमा विवाद सुल्झाउन रघुगङ्गा, थासाङ र अन्नपूर्ण गाउँपालिकाबीच त्रिपक्षीय छलफलको तयारी भएको छ। रासस

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यासम्मकाे वेबसाईट, यस्ताे छ अन्तरास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यासम्मकाे वेबसाईट, यस्ताे छ अन्तरास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्