सांकेतिक तस्बिर
ललितपुर- ललितपुर जिल्ला गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका-४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका-८ मा स्थायी ठेगाना भएका २८ वर्षीय मिलन रानामगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
युवतीका विषयमा बिहीबार राती रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिएको हो।
श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका-११ बज्रबाराही गुम्बा पछाडि तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।