सांकेतिक तस्बिर
काठमाडौं- काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।
एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
तामाङले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
तोडफोडबाट बुथको दाँया भागको सिसा फुटेको र एक थान सिसिटिभीमा पनि क्षति पुगेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।