काभ्रे–पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन्।
बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए।
‘पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभाजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन।’ आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।
कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्ला अध्यक्ष रुकु चौलागाईं, जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्व सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।