काठकाडौं- नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेसनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।
बानेश्वर सबस्टेसनबाट विस्तारित धोबीखोला, बागमती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने जानकारी प्राधिकरणले दिएको हो।
प्राधिकरणले बानेश्वर सबस्टेसनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ। प्राधिकरणले निर्धारित कार्य समयअगावै सकिएको खण्डमा २ बजेभन्दा पहिले नै विद्युत् प्रवाह समेत हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।