काठमाडौं- थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा परी ७ जना घाइते भएका छन्।
'प्रदेश-२- ०३००१ ख १४२० नम्बरको मालबाहक ट्रक दुर्घटनाबाट एक जनाको मृत्यु र अन्य ७ जना घाइते भएका छन्। ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हो,' महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले भने।
ब्रेक फेल भएर अनियन्त्रित बनेको ट्रकले अन्य ६ गाडीलाई पनि ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव निकालिएको छ। मृतकको पहिचान खुली नसकेको उनले बताए। उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।