काठमाडौं- संरक्षित वन्यजन्तु गैंडाको खागसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले खागसहित ५ जनालाई स्वयम्भूबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं झोछेँका ४१ वर्षीय रिकेश शाक्य, झोंछेकै ३५ वर्षीय सुरेश शाक्य, सोही ठाउँका ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोटको मेघाङ गाउँपालिका-६ का २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँका २२ वर्षीया मुना तामाङ छन्।
गैंडाको खाग बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठामा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो। पक्राउ परेका पाँचै जनालाई कारबाहीका लागि वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।