काठमाडौं- विशेष अदालतले बैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक रहँदा म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए।
विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले विश्वराज पाण्डेसहित तीन जनालाई दोषी ठहर गरेको हो।
अख्तियारको टोलीले घुससहित विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पक्राउ गरेको थियो। उनीहरुले पैसा उठाउन महानिर्देशकोले निर्देशन दिएको बयान दिएपछि पाण्डेलाई पक्राउ २०७४ कात्तिक २८ गते पक्राउ गरेको थियो।
साँझ बानेश्वरको इन्द्रिणी फुडल्यान्डबाट पौडेल र केसी घुससहित पक्राउ परेका थिए। अख्तियारले महानिर्देशकसहित तीन कर्मचारीविरुद्ध पुस ४ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेषवाट उनीहरु घुस बराबरको रकम बराबर धरौटीमा छुटेका थिए। विशेषले अन्तिम फैसला सुनाउँदै सवैलाई भ्रष्टाचारी ठहर गरेको हो।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा उनी राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पौडेल र केसी पक्राउ परेका थिए। कालोसूचीमा परेको मेनपावर कम्पनीलाई फुकुवा गर्न १५ लाख रुपैयाँदेखि बार्गेनिङ गर्दै १० लाख लिएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।