धनगढी– गत चैत १७ गते देखि ३० गते सम्म सञ्चालन भएको धनगढी प्रिमियर लिग लिग (डपिएल) क्रिकेट प्रतियोगिताको आयव्याय सार्वजनिक गरिएको छ।
आयोजक धनगढी प्रिमियर लिगका निर्देशक सुवासविक्रम शाहीका अनुसार प्रतियोगिता तीन करोड १२ लाख ७६ हजार आठ सय २७ रुपैयाँ खर्च भएको छ ।
प्रतियोगितामा टिकट विक्रिबाट १० लाख १५ हजार आठ सय २० रुपैयाँ संकलन भएको निर्देशक शाहीले बताए। प्रतियोगितामा ६ लाख ९५ हाजर एक सय ६२ रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेपनि त्यसलाई घाटाका रुपमा नभई लगानीका रुपमा लिइएको शाहीले बताए। प्रतियोगितामा टिकट विक्रिबाट उठेको रकम मध्य बाट ४० प्रतिशत रकम ६ वटा टिमलाई समान ६७ हजार ७ सय २३ रुपैयाँका दरले वितरण गरिएको र टिकट बाटनै संकलन भएको रकम मध्य २० प्रतिशत अर्थात दुई लाख तीन हजार एक सय ७० रुपैयाँ अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदान निर्माणका लागि छुट्याइएको शाहीले बताए।
उनले धनगढीमा स्तरिय क्रिकेट मैदान नहुँदा मैदान निर्माणमा मात्रै हरेक बर्ष ठूलो लगानी गर्नु परिरहेको बताए। अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदान निर्माणका लागि लामो समय सम्म सरकार समक्ष लविङ गर्दा पनि हाल सम्म जम्मा ६० लाख मात्रै खर्च भएको उनले बताए।
आगामी तीन बर्ष भित्रै फाप्ला क्रिकेट मैदान निर्माण गरी यस क्षेत्रको क्रिकेटलाई थप उचाईमा पुर्याउनु आवश्यक भएको उनको भनाई छ। उनले भने– ‘यदी सरकारले आर्फ मैदान निर्माण गर्ने हो भने सो अनुसार काम गरोस, हैन भने (पिपिए) सरकार र निजी क्षेत्रको सहकार्यमा निर्माण गर्ने अनुमति दिनु पर्छ।' आफुले सोचे अनुसारको क्रिकेट मैदान निर्माण गर्न दुई सय करोड भन्दा बढी बजेट आवश्यक पर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।