काठमाडौं- इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होले टिममा सबै खेलाडीलाई खुसी राख्न नसकिने बताएका छन्। युरोपा लिगमा बेल्जियन क्लब रोयल एन्टवेर्पसँगको खेलपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
लगभग उही खेलाडीहरुमा विश्वास गरेर प्रिमियर लिगको सुरुवाती अवस्थामा बढिरहेका मोउरिन्होको टिम लिगमा ११ खेल खेल्दा शीर्ष स्थानमा छ। युरोपा लिगमा समेत समूह जे मा विजेता बनेर टोटनह्याम अन्तिम ३२ मा पुगिसकेको छ। जहाँ उनले आफ्नो महत्वपूर्ण खेलाडीलाई आराम दिने मौका समेत पाए।
खेलमा ५७औँ मिनेटमा अल्भेस मोरेसको गोलमा अगं्रता बनाएको टोटनह्यामका लागि ७१औँ मिनेटमा लो सेल्सोले दोस्रो गोल गरेका थिए। खेलमा ह्यारी विंग्सको परिवर्तन र डेल अलिले समय नै नपाउनुले उनीहरु प्रशिक्षकसँग बेखुस पनि देखिए।
खेलपछि मोउरिन्होले भनेका छन्– ‘सबै टिमलाई खुसी बनाउन सकिँदैन। मलाई लाग्छ हामीले खेल जित्यौँ भनेर उनीहरु खुसी होलान् तर उनीहरु आफू खेल्न नपाएकोमा बेखुस देखिए। सबैलाई खुसी पार्न सकिँदैन नै। हरेक क्लबमा खेल्न नपाएका खेलाडी दुःखी नै हुन्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।