काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा शुक्रबार मेडिसिटी अस्पताल पुगेर पार्टी नेता एवं सांसद राजेन्द्र लिङदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्य अवस्था गम्भीर भएपछि लिङदेनलाई बिहीबार झापाको चन्द्रगढीबाट हेलिकोप्टरमा मेडिसिटी अस्पताल ल्याई भर्ना गरिएको छ। अध्यक्ष थापालाई अस्पतालका डा. दिप्तेश अर्याल र प्रमुख कार्यकारी पंकज बाँस्कोटाले लिङदेनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।
अस्पतालका अनुसार लिङदेनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ। कोभिड परीक्षणका लागि स्वाब लिइसकिएको छ भने अहिले अक्सिजन दिनुपरेको छैन। अध्यक्ष थापा गृहजिल्ला मकवानपुरबाट काठमाडौं फर्कने क्रममा मेडिसिटी पुगेर लिङदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
पार्टीका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि अस्पताल पुगेर लिङदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।