काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल पुरुष टिमका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत गरेको छ।
बिहीबार बसेको एन्फा कार्यकारी कमिटीको ११औं बैठकले कालिनको राजीनामा स्वीकृत गरेको एन्फाले जानकारी दिएको छ।
एन्फाको सोही बैठकले बालगोपाल श्रेष्ठलाई निमित्त मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत दिएको छ।
नोभेम्बर १ मा मुख्य प्रशिक्षक कालिनले राजीनामा दिएका थिए।
कालिन सन् २०१९ को मार्च १ मा राष्ट्रिय टिम पुरुषतर्फको मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएका थिए।
कालिनको मुख्य प्रशिक्षकत्वमा नेपालले ११ म्याच खेलेको छ। यीमध्ये १ खेलमा नेपालले जित हासिल गरेको थियो भने २ खेलमा बराबारी र ८ खेलमा पराजय व्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।